ध्येय र परिकल्पना

ध्येय (Mission)

सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित वित्तीय तथा गैर वित्तीय सेवाहरूको माध्यमबाट सम्पूर्ण सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर वृद्धि गर्ने।

परिकल्पना(Vision)

दिगो, सुरक्षित, गुणस्तरिय व्यवसायिक वित्तीय सहकारी संस्था

मूल्यहरुः

संस्थागत मुल्य मान्यताहरु

पारदर्शिता

संस्थाको भित्रि अवस्था जस्तो छ बाहिर त्यस्तै देखाउनु ।

इमान्दारीता

छलकपट नगरी संस्था सञ्चालन गर्नु ।

उत्तरदायित्व

काम प्रतिको जिम्मेवारी ।

सुशासन

संस्था सञ्चालन गर्दा अनुशासनमा रहि गर्ने ।

जवाफदेहिता

जिम्मेवारी अनुसारको राम्रो नराम्रो कामको जस अपजस लिनु ।

विश्वसनियता

सदस्य प्रतिको विश्वास भनाइ र गराइमा एक रुपता कायम राख्नु ।

गोपनियता

संस्थामा गोपनियता कायम गर्ने ।

ऐक्यबद्धता

सञ्चालक, लेखा, सुपरिवेक्षण समिति, उप समिति, शेयर सदस्य र व्यवस्थापनको बीच एक ढिक्का भई संस्था संचालन गर्ने।

समय पालना

ठीक समयमा ठीक काम गर्ने।

निष्पक्षता

सदस्यहरु बीच बिना भेदभाव संस्था संचालन गर्ने।

वैधता

ऐन नियम अनुसार संचालन गर्ने।

दिर्घकालीन उद्देश्यहरू (Long terms Aims) (विनियम अनुसार)

संस्थामा संलग्न सदस्यहरूमा मितव्ययिताके भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने।

सदस्यहरूको व्यक्तिगत एवं सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्‍याउने।

सदस्यहरूको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरू मार्फत लगानी प्रवर्द्धन गरी छरिएर रहेको राष्ट्रिय पूँजीको उपयोग बढाउने।

सदस्यहरूको दैनिक जीवनका विविध क्षेत्रहरूमा संस्थागत सहयोग पुर्‍याउने खालका सेवामूलक कार्यक्रमहरू संचालन गरी सहकारिताको महत्त्व स्थापित हुने काम समुदायमा प्रदर्शन गर्ने।