सहकारी सिद्धान्त र मूल्यमान्यताहरुलाई पालन गर्दै सहकारी सुशासन र स्वनियमनलाई आत्मसात गर्दै हामी समयभित्रै सदस्यहरुवीच उपस्थित भएका छौं । हामीले वार्षिक साधारणसभामा संस्थाको आर्थिक र समग्र गतिविधिहरु पारदर्शी रुपमा राख्ने गरेका छौं । हाम्रा सदस्य र समाजले समेत त्यसवारे जान्ने बुझने, चासो राख्ने र अपनत्व राख्न पाउने, संस्थाको सञ्चालनमा प्रत्यक्ष भुमिका खेल्ने र प्रगतिमा गौरववोधको अनुभुति दिलाउन यथासम्भव कोशिश गरेका छौं । सहकारीलाई समुदायमा आधारित र सदस्यकेन्द्रीत बनाउने, आधुनिक व्यवसायिक सिद्धान्त र अभ्यासलाई आत्मसात गर्ने र समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने उद्धेश्यले अघि बढेका छौं ।
गत वर्षको गम्भिर समिक्षा र भावी कार्यदिशा सहित दीगो र सक्षम संस्था निर्माणमा आफुलाई गम्भिर र प्रभावकारी बनाउने अपेक्षा लिएको छु । आज ४२०० भन्दा बढि सदस्यहरुले वित्तिय सहकार्य गरिरहेका छन, करिव ५.७ करोड रुपैया सदस्यहरुको शेयर पूंजी, ५२ करोड बचत, ५२ करोड लगानीमा रहेको छ र ७२ करोड रुपैयाको कारोवार भइरहेको छ । संस्थाले सरल वित्तिय सेवा सुविधा अलावा रचनात्मक तथा सामाजिक क्रियाकलापहरु संचालन गर्दै आएको छ ।
संस्थाले सदस्यहरुलाई घरको नजिकबाट सेवा दिने उदेश्य अनुरुप १ मुख्य कार्यालय र ३ वटा सेवाकेन्दहरुबाट सेवादिदै आईरहेकोे छ । सञ्चालक समिति संस्थाको कार्यकारी निकायको रुपमा क्रियाशिल छ । बिशेष परिस्थितिमा बाहेक प्रत्येक महिनाको १० गते भित्र वैठक बस्ने अभ्यास रहदै आएको छ ।